७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साइमेक्स इन्कद्वारा बीवाईडी च्यारिटी फाउन्डेशन शुरु




काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कले बीवाईडी च्यारिटी फाउन्डेशन शुरु भएको घोषणा गरेको छ ।

फाउन्डेशनमा एक करोड रुपैयाँ जम्मा गर्दै कम्पनीले अब बिक्री हुने प्रत्येक गाडीबाट फाउन्डेशनमा दश हजार रुपैयाँ डोनेट गरिने जनाएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच कम्पनीले च्यारिटी फाउन्डेशन शुरु भएको घोषणा गरेको हो । कार्यक्रममा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल मेनेजर लिउ स्वेलियाङले केही बर्ष अगाडि नेपाल आएको बीवाईडी अहिले नम्बर एक ब्राण्ड बन्न सफल भएको बताउनुभयो ।

उनले च्यारिटी फाउन्डेशन ग्राहकहरुको योगदानमा स्थापित हुने पनि बताउनुभयो । साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठले फाउन्डेशनको उद्देश्य र लक्ष्यका बारेमा स्पष्ट पार्नुभएको थियो ।

  :