२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

युवा नेता राणाद्वारा गुण्डुको धिमेबाजा खलः लाई आर्थिक सहयोग प्रदान




भक्तपुर– तिथली नगरकोटी धिमेबाजा खल समिति, सूर्यबिनायक नगरपालिका वडा नंं ७ गुण्डुमा नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबि राणाले एक समारोहबीच समितिका संयोजक बिनय नगरकोटी लाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

सो समारोहमा राणाले कला र सस्कृति देशको पहिचान भएको उल्लेख गर्दै यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो ।। आगामी शनिवार दिक्षित हुनेलाई अग्रिम बधाई दिंदै उहाँले आफुले सिकेका कुरा भावी पुस्तालाई पनि सिकाएर समाजलाई सहि मार्गमा लैजानेमा आफु बिश्वस्त भएको पनि बताउनु भयो ।

धिमेवाजा संयोजक बिनय नगरकोटीले वडा, नगरपालिकामा सहयोग माग्दा सहगोग नदिएको र दिक्षान्त समारोह गर्न समेत नसक्ने अपस्थामा रवि दाईले सहयोग गरेर आफुहरूको हौसला बढाएको स्पष्ट पार्नुभयो । आगामी शनिबार १२ जनालाई दिक्षित हुने पनि कार्यक्रममा जानकारी दिइएको छ ।

  :