७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अब बजाज पल्सर ‘एनएस १६०’ इथानोलबाट चल्ने




काठमाडौं– बजाज अटोले विश्वको पहिलो सीएनजी बाइक फ्रिडम १२५ सार्वजनिक गरेको छ । बजाजको प्रसिद्ध मोटरसाइकल बजाज पल्सर एनएस १६० को नयाँ फ्लेक्स फ्युल संस्करण सार्वजनिक गरेको हो ।

यो मोटरसाइकल पूर्ण इथानोलबाट चल्ने बताइएको छ । कम्पनीले इण्डिया बायो–एनर्जी एण्ड टेक एक्स्पो २०२४ मा यो मोटरसाइकल सार्वजनिक गरेको हो । फ्लेक्स फ्युल पेट्रोल, इथानोल र मिथेनोल जस्ता इन्धनको मिश्रण हो, जुन जलाउँदा कम प्रदूषण हुने गर्दछ ।

भारतमा धेरै कम्पनीले यस अगाडि २० प्रतिशत इथानोल र ८० प्रतिशत पेट्रोलबाट चल्ने मोटरसाइकल प्रदर्शन गरेका थिए । भारत सरकारले पछिल्लो पटक शतप्रतिशत इथानोलबाट चल्ने सवारी साधनलाई प्रवद्र्धन गर्ने योजना ल्याएको छ ।

  :