७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मिरावेल होटलमा सिद्धार्थ बैंकका ग्राहकहरुलाई छूट




काठमाडौं– सिद्धार्थ बैंक र काभ्रेको धुलिखेलमा अवस्थित मिरावेल रिसोर्ट एन्ड होटेलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास सिद्धार्थ बैंकले लिएको छ ।

  :