७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा छूट




काठमाडौं– सानिमा बैंकले श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ । आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले छूटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० को छुट प्राप्त गर्न सक्ने छन् । छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए।टि।एमहरु संचालनमा रहेका छन् ।

  :