७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सांग्रिला मोटर्सले ल्यायो फेस्टिभ अफर



काठमाडौं– नजिकिरहेको चाडपर्वलाई लक्षित गर्दै विभिन्न ब्राण्डका गाडी बिक्रेताहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न अफरहरु ल्याएका छन् ।

यसैक्रममा सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले पनि सिट्रोन सी ३ र ईसी ३ मा फेस्टिभ अफर घोषणा गरेको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ अफर ल्याएको हो ।


अफर अनुसार पेट्रोल कार सी ३ खरिद गर्ने ग्राहकले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षकै लागि निःशूल्क मर्मत सम्भार, १ वर्षका लाग निःशूल्क बीमा र १ वर्षका लागि निःशल्कु सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ ।

यसैगरी, विद्युतिय कार ईसी ३ साइनको खरिदमा विशेष नगद छुट, निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक कर लगायत सुविधा दिइएको कम्पनीले जनाएको छ । कम्पनीले यसलाई प्रि बजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

  :