७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टीभीएसको ‘नयाँ युगको आरम्भ’ विशेष योजना




काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आउँदो दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामक विशेष योजना सार्वजनिक गरेको छ ।


यस विशेषा योजना अनुसार ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना सोमबारबाट देशभर सीमित समयावधिका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।
“नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत वेबसाइटमा गएर नकिन्दै पाँच लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

टीभीएसले “मेरो साथी’’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरूबारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

  :