७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसएमएल इसुजु गाडीको निःशुल्क चेकजाँच सेवा भाद्र ३० गतेसम्म गुर्जुधारामा




काठमाडौं– एसएमएल इसुजुको लागि नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले भाद्र २५ देखि ३० गतेसम्म फ्रि सर्भिस चेकअप क्याम्प शुरु गरेको छ ।

काठमाडौंको गुर्जुधारामा अवस्थित जीएफआई सर्भिस सेन्टरमा सञ्चालित क्याम्पमा ग्राहकहरुले अगाडि बम्परदेखि पछाडि बम्परसम्मका गाडीका सम्पूर्ण पार्टपूर्जाका शतप्रतिशत निःशुल्क चेकजाँच सुविधा पाउने कम्पनीले जनाएको छ ।

क्याम्पमा सामान्य मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा पनि शतप्रतिशत छुट दिइनेछ। यसका अतिरिक्त विशिष्टीकृत मर्मतसम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशतसम्मको छुट दिइने कम्पनीले जानकारी दिएको छ । त्यस्तै लुब्रिकेन्टहरुमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ भने स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट सुविधा रहेको कम्पनीको भनाइ छ।
साथै, फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि बिशेष गिफ्टहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन बिधि सम्बन्धी तालिम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट चेकजाँच गराई सुविधा लिन आफ्ना ग्राहकहरुलाई लक्ष्मी कमर्सियल भेइकल्सले अनुरोध गरेको छ।

आफ्ना ग्राहकहरुलाई गुर्जुधारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका बिभिन्न क्षेत्रमा रहेका आफना वर्कशप तथा अथोराइज्ड वर्कशपहरुमार्फत बिक्रीपछिको मर्मतसम्भार तथा स्पेयर पार्ट्सको सुविधा दिँदै आएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्लुका कारहरुको समेत नेपालको लागि आधिकारिक बिक्रेता हो।

लक्ष्मी ग्रुपलेनै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक वितरक भई कार्य गरिआएको छ। यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरी नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिंदै आएको छ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ। मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

  :