७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

होण्डाको ग्राहकमुखी उपहार योजना, बाइक वा स्कूटर किन्दा १० लाख जित्न सकिने




काठमाडौं– होण्डा दुई पाङ्ग्रेको सवारीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होण्डाको खुशीयाली बारबार’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँ सम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् ।

यो वाहेक बाई वान गेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरुमा रु। १ लाख सम्म छुट पनि पाउन सकिने छ । योे योजना सीमित अवधिको लागि मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको दावी गरिएको होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

  :