७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पूर्वी नेपालमा पञ्च ईभी, ग्राहकहरुलाई साँचो हस्तान्तरण




काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको पञ्च.ईभीलाई पूर्वी नेपालबाट बिक्री शुरु गरेको छ । सिप्रदीले झापाको बिर्तामोडमा अवस्थित अलास्का अटोमोबाइल र विराटनगरको गोयल अटोबाट पञ्च ईभीको बिक्री शुरु गरेको हो ।

कम्पनीले विर्तामोडमा एक कार्यक्रमको आयोजना गरि ग्राहकहरुलाई गाडीका साँचो हस्तान्तरण गरेको छ । कार्यक्रममा सिप्रदी ट्रुडिङ प्रालिका प्यासेञ्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र बितोमोड उद्योग वाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो । पूर्वी नेपालको लञ्च सम्पन्न गरी पञ्च ईभीको लञ्च मधेस प्रदेशमा हुने पनि सिप्रदीले जनाएको छ । पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ ।

टाटा पञ्च इभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो ईभीको झापाको बिर्तामोडबाट रिजनल लञ्च शुरु भएको पनि सिप्रदी ट्रुडिङले जनाएको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।


गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :