६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

एभरेडीको अल्टिमा अल्काइन ब्याट्री र साइरन टर्च लाइट सार्वजनिक




काठमाडौं– एभरेडी इण्डष्ट्रिज इण्डियाको उत्पादन अल्टिमा अल्कालाइन ब्याट्री र डिएल १०२ साइरन टर्च नेपाली बजारमा आएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको हो । एभरेडीले आफ्नो अद्भूत ‘खेलिन्छ त सिकिन्छ’ भन्ने अभियानमार्फत् बालबालिकाले मज्जाभन्दा पनि बाहिर मित्रता, साझेदारी र करुणा जस्ता आवश्यक जीवनोपयोगी सीपलाई बढावा दिन्छ भनेर प्रकाश पार्न अल्टिमा अल्कालाइन ब्याट्रीहरू प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

आविष्कारप्रतिको एभरेडीको प्रतिबद्धतास्वरूप नयाँ अल्टिमा शृंखलाले चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने ब्याट्रीहरूले आठ सय प्रतिशत लामो कार्यसम्पादन दिने कम्पनीको दाबी छ । साथै एभरेडी डिएल १०२ साइरन टर्चलाई ब्राण्डको आवाज उठाउने शक्ति अभियानका साथ प्रस्तुत गरिएको बताइएको छ । जसमा एक सय डेसिबल एसओएस अलार्म, युएसबी टाइप(बिको चार्जिङ र विभिन्न थरीका प्रकाश फ्याँक्ने विशेषताहरू रहेका छन् ।

पत्रकार सम्मेलनमा कम्पनीका एसवियु प्रमुख (ब्याट्रिज एण्ड फ्ल्यास लाइट) तथा वरिष्ठ उपाध्यक्ष अनिर्वान वेनर्जीले ‘नेपालमा यी उत्पादनको बिक्री सुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधान र सुरक्षासाथ सेवा प्रदान गर्ने एभरेडीको रणनीति विस्तार प्रतिबद्धता झल्काउने बताए। उनले भने– हाम्रो अल्टिमा अल्कालाइन् ब्याट्रीहरुमा ४०० देखि ८०० प्रतिशतसम्मको दीर्घ जीवन छ, र यी उत्पादनहरु उच्च खपत गर्ने उपकरणहरुका लागि एकदम सही छन् , त्यसैगरी एभरेडी साइन टर्च एउटा उत्पादनमात्र हैन, यो सुरक्षा, सशक्तिकरणको प्रतिक हो र यसले आकस्मिक अवस्थाहरुमा आवामज उठाउन मद्दत गर्दछ । यी दुवै आविष्कारहरुले हाम्रा ग्राहकहरुको बढ्दो आवश्यताहरुलाई परिपूर्ति गर्न उत्कृष्ट कार्यक्षमता प्रदान गरेर व्यक्तिगत सुरक्षा र दैनिक जीवनलाई उन्नत बनाउने हाम्रो समपर्णलाई प्रतिबिम्बित गरेका छन् । दुवै उत्पादनहरुले एभरेडीले लिंदै आएको बातावरणीय र सामाजिक उत्तरदायित्व प्रतिको समर्पणलाई प्रस्तुत गरेका छन् । अल्टिमा ब्याट्री पारो, शिसा र क्याडमियम जस्तो वातवरणमा नकारात्मक असर पार्ने तत्वहरुबाट मुक्त छ भनें साइरन टर्च महिलाहरुको सुरक्षा सुनिश्चित् गर्न र आपतको समयमा उनीहरु आवाज उठाएर सशक्त बनाउन तयार पारिएको एक सिर्जना हो ।

खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन् प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण भएको कम्पनीले जनाएको छ ।

  :