७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिपल ईभी किन्न चाहनेलाई खुशीको खबर, पुराना गाडीसँग साट्न सकिने




काठमाडौं– यही भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेञ्ज कानिर्भल’ आयोजना हुने भएको छ ।

दिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले उक्त एक्सचेञ्ज कार्निभल आयोजना गर्न लागेको हो । एक्सचेञ्ज कार्निभलमा ग्राहकहरुले आफ्नो कुनै ब्राण्डका पुरानो गाडीलाई साटेर आधुनिक फिचर भएका दिपलका ईभी किन्न सक्ने कम्पनीले जनाएको छ ।


दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले एस–०७ मोडल ७१ लाख ९९ हजार रुपैयाँमा मूल्यमा पाउने छन् । एक्सचेन्ज पार्टनरको रुपमा कम्पनीले टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ ।
यस स्कीममा ग्राहकले उत्कृष्ट एक्सचेन्ज बोनस पाउने छन् । यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज दिने कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक एसयूभीको खरिदमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउने छन् । ग्राहकले गाडीको भ्यालुएसन र बुकिङ्गमा आकर्षक गिफ्टसमेत पाउने कम्पनीले जानकारी दिएको छ ।

  :