७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गैरीधारामा दिपल एक्सचेन्ज कार्निभल सुरु




काठमाडौं– नेपालका लागि चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले सोमबारदेखि काठमाडौंमा ‘दिपल एक्सचेन्ज कानिर्भल’ सुरु गरेको छ ।

काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा आयोजित एक्सचेन्ज कार्निभल असोज ३ गतेसम्म चल्नेछ । सोमबार कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले एक्सेचेन्ज कार्निभलको उद्घाटन गरेका थिए ।


यस अवधिभर गैरीधारास्थित सिल्भरओकमा गएर इच्छुक व्यक्तिहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी लगेर नयाँ दिपल ईभीसँग साट्न सक्ने कम्पनीले जनाएको छ । पुरानो गाडीको भ्यालुएनसका लागि नेपालकै प्रमुख ६ रिकन्डिसन हाउस सिल्भरओकमा छन् । एमएडब्लू वृद्धि अटोकर्पका अध्यक्ष अग्रवालले एक्सचेञ्ज कार्निभलमा ६ वटा रिकन्डिसन हाउसको उपस्थितिले ग्राहकलाई आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन मिल्ने विश्वास व्यक्त गरे ।

यसका साथै गाडी साट्दा एक्सचेन्ज बोनस समेत मिल्ने कम्पनीले जनाएको छ । कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज उपलब्ध छन् । एसेसोरिजमा तीन किलोवाटको ट्राभल चार्जर र सात किलोवाटको होम चार्जर एवं भ्यालुएसन र बुकिङमा गिफ्ट मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले दिपल एस ०७ ईभीको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ भएको सार्वजनिक गरेको छ ।

  :