माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

टाटा पञ्च ईभीको माग उच्च, एकै दिन चार शहरमा लञ्च




काठमाडौं– टाटा मोटर्सको उत्पादन पञ्च ईभी एकै दिनमा देशका चार वटा मुख्य शहरहरुमा एक समारोहका बीचमा औपचारिक रुपमा लञ्च गरिएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार पोखरा, चितवन, बुटवल, भैरहवा गरि चार शहरमा भव्यताका साथ पञ्च ईभी लञ्च गरिएको हो । कार्यक्रममा चारै शहरमा गाडी बुक गरेका ग्राहकहरुलाई गाडी हस्तान्तरण समेत गरिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति लगायतको उपस्थिति रहेको थियो भने भैरहवा र बुटवलमा आयोजित कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापति, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । यस्तै चितवनमा आयोजित कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शो २०२४ मा सार्वजनिक भएको टाटा पञ्च ईभीको नेपालभर उच्च माग र बुकिङ भएकोमा आफूहरु उत्साहित भएको बताउनुभयो ।

पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । टाटा पञ्च इभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभीले ४२१ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । ५६ मिनेट फूल चार्ज हुने यो गाडीको टर्क पावर १९० एनएम रहेको बताइएको छ ।

गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ ।

  :