फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकहरुलाई निःशुल्क चार्जको सुविधा



काठमाडों– दिगो ग्रुप अन्तर्गतको ई–स्टपले असोजदेखि मंसिर महिनासम्म तीन महिनाका लागि दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकहरुलाई दैनिक एकतर्फी निःशुल्क चार्जिङ सेवा दिने घोषणा गरेको छ ।

दिगो डाँफेका ग्राहकहरुलाई मात्र रहेकोे यो सुविधा रामटार, मूलकोट र कुरिनटारमा फैलिएका ई–स्टपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकहरुलाई थप प्रोत्साहित गर्न र ग्राहकहरुलाई ई–मोबिलिटीलाई रोज्न उत्प्रेरित गर्न यो अफर ल्याइएको दिगो ग्रुपका संस्थापक राजन रायमाझीले बताउनुभयो ।

यो विशेष अफरको उद्देश्य वातावरण संरक्षण र ई मोबिलिटीमा सवार हुनुको फाइदाहरूलाई जनमानसमा प्रचार गर्नु रहेको कम्पनीले जनाएको छ ।

दिगो ग्रुपले नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतिय सवारीसाधनको बिक्री वितरण, र सेवा प्रदान गर्दै आएको छ।

  :