७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

खल्तीबाट वर्ल्ड लिङ्कको बिल भुक्तानी गर्दा नामी ईभी जित्ने अवसर



काठमाडौं– डिजिटल वालेट खल्तीले ‘खल्तीफुल दशैंं’ को दोस्रो च्याप्टर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्ड लिङ्कको बिल भुक्तानी गरि नामी ०१ ईथ्री ईभी जित्न सक्ने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन वर्ल्ड लिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् ।

एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने ग्राहकले दुई ओटा र १२ महिना वा २४ महिनाको भुक्तानी गर्ने ग्राहकले ‍पाँच ओटा कुपन भाउचर पाउनेछन् ।

यसरी भुक्तानी गर्ने ग्राहकको कुपन कोड तत्कालै एसएमएसमा आउनेछ । त्यही कुपनमा आधारमा ईभी विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । त्यससँगै ग्राहकले हरेक हप्ता ‘विक्ली लक्की ड्र’मा सामसङका विभिन्न उत्पादनमा ३९ प्रतिशतसम्मको डिस्काउन्ट भाउचर जित्ने मौका पाउनेछन् । यसमा सामसङ फोरके टिभी, वाशिङ मेसिन, स्मार्टफोन, फ्रिज, माइक्रोवेभ लगायत छन् ।

त्यसैगरी यस अफरमा सहभागी ग्राहकले बोट ब्राण्डका विभिन्न प्रडक्टमा ५३ प्रतिशतसम्म छुट पाउने भएका छन् । बोट अफरको डिस्काउन्ट भाउचर पाउने ग्राहकले वायरलेस स्पिकर, एयरडप्स र स्मार्टवाचमा छुट पाउने कम्पनीले जनाएको छ ।
गत दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौं रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौं सरर’ अफरमा इभी जित्ने मौका रहेको छ ।

खल्तीले आफ्नो ‘खल्ती फुल दशैं’ योजनाअन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

  :