७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एनसेल फाउण्डेशन घोषणा




काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक विशेष समारोहमा ‘एनसेल फाउण्डेशन’ घोषणा गरेको छ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीका परियोजना सञ्चालन गर्न फाउण्डेशन घोषणा गरेको जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विगत १९ बर्षमा एनसेलले स्वास्थ्य, शिक्षा र वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गरेको बताए । एनसेलले १९ बर्षदेखि सामाजिक उत्तरदायित्वको क्षेत्रमा २ अर्बभन्दा बढी योगदान गरेको पनि उनले जानकारी दिए । उनले ‘हामी तपाईंकै लागि’ भन्ने नारासहित नेपालमा एउटा उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्यका साथ अगाडि बढेको पनि बताए ।

एनसेलले १९ औं वार्षिकोत्सवको अवसरमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजना पनि घोषणा गरेको छ । यस अन्तर्गत देशका सातै प्रदेशबाट छानिएका कूल १९ वटा सामाजिक कार्य कार्यान्वयन गरिने र प्रत्येक एक आयोजनाले १० लाख रुपैयाँ सिड फण्डको रुपमा सहयोग प्राप्त गर्ने पनि एनसेलले जनाएको छ ।

कार्यक्रममा पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाएर इतिहास रचेकी पलेशा गोवद्र्धन तथा प्रशिक्षक तथा व्यवस्थापकलाई पनि सम्मान गरिएको थियो ।

  :