७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दिगोको पेप्सीकोलामा अत्याधुनिक सुविधासहितको इलेक्ट्रीक गाडी सर्भिस सेन्टर




काठमाडौं– दिगोले काठमाडौंको पेप्सीकोलामा अत्याधुनिक सुविधासहितको इलेक्ट्रीक गाडी सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

कम्पनीले मंगलबार असोज १ गते विश्वकर्मा पूजाको अवसरमा पेप्सीकोलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । यससँगै दिगोको ठमाडौँ उपत्यकामा सर्भिस सेन्टरको संख्या तीन पुगेको छ । दिगोले यसअघि नै बल्खु र चारदोबाटोमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यो अत्याधुनिक सर्विस सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण, र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउनेछ। यहाँ आधुनिक उपकरण र दक्ष प्राविधिकहरूको टोलीद्वारा ग्राहकका गाडीहरूलाई उत्कृष्ट सेवा उपलब्ध हुनेछ । दिगोले यस नयाँ सेवाको माध्यमबाट ग्राहकहरूको समय र लागतमा कमी ल्याउन सहयोग पुर्याउनेछ, जसले गर्दा गाडी मर्मतसम्बन्धी सम्पूर्ण प्रक्रियालाई छिटो, भरपर्दो र सुलभ बनाउनेछ ।

दिगो ग्रुपका संस्थापक राजन रायमाझीले उद्घाटन समारोहमा भने, ूहाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो । पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ। दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन्।ू

दिगो ग्रुपले ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण, र सेवा प्रदान गर्दै आएको छ। गाडी बिक्रीमा मात्र नभएर, दिगोको ईकोसिस्टम अन्तर्गत चार्जरको बिक्री, वितरण, र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ । साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ।

दिगो ई–स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठुलो चार्जिङ्ग स्टेशन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ्ग मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्र जस्ता सुविधाहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पेप्सीकोलाको सर्भिस सेन्टरमा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि संचालन गरिएको कम्पनीले जनाएको छ । जहाँ विद्युतीय सवारी साधनका ब्याट्रीहरूको अनुसन्धान, परीक्षण र मर्मत सेवा प्रदान गरिने पनि कम्पनीले जनाएको छ । दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण र सेवा प्रदान गर्दै आएको छ।

  :