काठमाडौं– टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले एलसी–२५० एसयूभी नेपाल भित्र्याएको छ ।
कम्पनीले यो एसयूभी प्राडो अल राउण्डर र लग्जरी गरि दुई भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीका अनुसार आगामी सातादेखि यो एसयूभीको बिक्री शुरु हुनेछ । एलसी–२५० प्राडोमा २५७७ सीसीको फोर सिलिण्डर इन लाइन इन्जिन दिइएको छ । यसको अधिकतम पावर २०४ पीएस रहेको छ । कम्पनीले ८ स्पीड अटोमेटीक गियरबक्स रहेको लग्जरी भेरियन्टको मूल्य ३ करोड ७० लाख रुपैयाँ कायम गरेर बिक्री गर्न लागेको हो ।
नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सीङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटीक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् ।
टोयोटाले एलसी-२५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरुफरमुनरुफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्यूल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपीक स्टेरिङ दिइएको छ ।
नयाँ एसयूभीको लग्जरी भेरियन्टमा १२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी–२५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पाउन सकिन्छ ।
कम्पनीले नेपाल ल्याएको एलसी-२५० प्राडोको अल राउन्डर भेरियन्टको मूल्य ३ करोड २० लाख रुपैयाँ तोकिएको छ । यसमा लग्जरी भेरियन्टमा भएका सनरुफ, अटोमेटीक एसी जस्ता फिचर भने छैनन् ।
प्रतिक्रिया