७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

याडिया स्कूटरमा विशेष छूटको घोषणा



काठमाडौं– याडिया स्कूटरका लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपालले दशैं, तिहारको अवसरमा विभिन्न मोडलका याडिया स्कूटरमा विशेष छूट दिने घोषणा गरेको छ ।

कम्पनीले आफ्ना लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६ र एम६ लगायत मोडलमा १० हजार छुट दिने योजना ल्याएको हो । यो विशेष छुट सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दशैं छुटको अतिरिक्त कम्पनीले पुराना बाइक र स्कुटरहरूका लागि एक्सचेन्ज सुविधा पनि प्रदान गरिरहेको छ । साथै, ग्राहकको सहजताका लागि ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनी भनाई छ ।

  :