७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिएफ मोटो र जिहोको चाडपर्व अफर, आकर्षक छूट दिने घोषणा




काठमाडौं– सिएफ मोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि असोज १ गतेदेखि चाडपर्व अफर सार्वजनिक गरेको छ ।

आगामी कात्तिक २५ गतेसम्मको अफरमा दुवै ब्राण्डका बाइक तथा स्कूटर खरिद गर्ने ग्राहकले आकर्षक छूट तथा थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ मोटोको ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । ४५० एमटीको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।

यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेको खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हो ।

त्यस्तैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्मोनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएको छ । साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ ।

  :