७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पारा ओलम्पिकमा कांस्य पदक जितेकी पलेशालाई बीवाइडीको गाडी




काठमाडौं–पारा ओलम्पिकमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धनलाई बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंकले एक समारोहका बीचमा बीवाईडीको डल्फिन ईभी प्रदान गरेको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले गोवर्धनलाई गाडी हस्तान्तरण गरेकी हुन् । उक्त गाडीको मूल्य ४१ लाख रुपैयाँ पर्ने बताइएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने पलेशालाई सम्मान गर्न पाउँदा गर्व महशुश भएको प्रबन्ध निर्देशक श्रेष्ठले बताईन ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले नाफा मात्रै नभएर सामाजिक दायित्व वहनलाई पनि आफ्नो कम्पनीले उच्च प्राथमिकतामा राखेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले खेलमार्फत विश्वमा नेपालको गरिमा उच्च बनाउन भूमिका खेल्ने पलेशालाई सम्मान गर्न पाउँदा खुशी लगाएको बताए ।

दुई साता अगाडि साइमेक्स इंकले एक करोड रुपैयाँ राखेर साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन शुरु गरेको थियो ।

  :