६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आइसर गाडी ल्यायो अफर ‘दशैंको हर्ष, आइसरको वर्ष’




काठमाडौं– दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कमर्सियल गाडी आइसरले ‘दशैंको हर्ष, आइसरको वर्ष’ अफर ल्याएको छ । यो अफर अनुसार कुनै पनि स्कूलबस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्म सरल फाइनान्स, २५ लाखसम्मको बीमा तथा साटफेरको सुविधा प्रदान गरिएको बतास एमएडब्लुले जनाएको छ ।


ग्राहकहवर्गले आइसरका देशभरिका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । बतास समूह र मोरङ अटो वर्क्स मिलेर नेपालमा आइसरको क्षितिज फराकिलो काम हुँदै आएको कम्पनीको भनाइ छ । नेपालमा आइसरले ११ शाखाहरु र ४ डिलरमार्फत सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

ग्राहकवर्गले आइसरका ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरू छनोट गर्न सक्नेछन्। साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्र्याएको छ । आइसर विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको छ भने यसले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

  :