७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

धुलिखेलको अफरोडमा जेको जे–६ को टेष्ट




काठमाडौं– ओमोडा÷जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले काभ्रेको धुलिखेलमा डर्ट टेम्पलमा ‘अफरोड ट्रेल एड्भेञ्चर’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका ४० जनाले अफरोड ट्रयाकमा जेको जे–६ चलाएका थिए । कार्यक्रममा जेको जे–६ को क्षमता परीक्षण समेत भएको थियो । जेको जे–सिक्स चलाउने अधिकांश चालकले जे–सिक्स ईभीबाट अलग्गै अनुभूति भएको बताए । कार्यक्रममा करिब १४० जनाको सहभागिता रहेको थियो ।

जेको जे–६ मा १३५ किलोवाट क्षमताको मोटर छ भने ६९.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । जसले फूल चार्जमा ५०१ किलोमीटर रेञ्ज दिन्छ ।

  :