माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

सीजीको आधिकारिक डिलर फ्यूचर मोटर्स, चारदोबाटोमा सर्भिस क्याम्प शुरु




काठमाडौं– ग्राहकहरुको आवश्यकता र सहजता लाई लक्षित गर्दै सी.जी. मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स, चारदोबाटो, भक्तपुरले यहि असोज ६ गतेबाट असोज ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गरेको छ ।

ग्राहकहरुले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुर स्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्ने कम्पनीले जनाएको छ । उक्त निशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेर पार्टस्मा १२ प्रतिशत छुट, गिएर आयल मा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ। सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारी साधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ।

सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ। यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सीजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ

  :