७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ब्रम्बी ईभी ग्राहकहरुको रोजाईमा, ब्रम्बी किन्दा ब्याज नलाग्ने



काठमाडौं– बीएडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले बीएडब्लु ब्रम्बी इृभीको खरिदमा शून्य प्रतिशत ब्याजदरमा अफर ल्याएको छ ।

ब्रम्बी ईभीको धेरै विशेषताहरुका साथै मूल्य पनि सस्तो भएका कारण ग्राहकहरुले निकै रुचाएका छन् । एलआरआर मोटर्सले ब्रम्बी ईभी किन्दा पहिलो बर्ष कुनै ब्याज तिर्न नपर्ने अफर ल्याएको हो ।

कम्पनीले ब्रम्बी ईभीको मूल्य २१ लाख ९० हजार तोकेको छ । १७.२८ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर भएको ब्रम्बी ईभीले सिंगल चार्जमा २०५ किलोमीटर रेञ्ज दिने कम्पनीको भनाई छ ।

यस ईभीमा भएका फिचरहरु र मूल्य पनि सस्तो, चिटिक्क परेको भएकाले ब्रम्बीका मिनिकार ग्राहकहरुले मन पराएका छन् । एउटा सानो परिवारका लागि उपर्युक्त ब्रम्बीका कारहरुप्रति ग्राहकहरुको आकर्षण बढेको हो ।

  :