७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बीवाईडीको बडा चाड अफरबाट ग्राहकहरु लाभान्वित




काठमाडौं– दशैं, तिहार, छठ पर्वको अवसरमा नयाँ गाडी खरिद गर्नेहरुलाई बीवाईडीले अफर ल्याएको छ । ग्राहकहरुलाई ड्राइभलाई अझ विशेष बनाउनको लागि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले अफर ल्याएको हो ।

यो अफरबाट ग्राहकहरु निकै लाभान्वित बन्न पुगेका छन् । बीवाईडी एट्टो र बीवाईडी डल्फिनको खरिदमा ग्राहकहरुले आकर्षक अफरहरु प्राप्त गर्नेछन् । बीवाईडीको बडा चाड अफरमा बीवाईडीका गाडी खरिद गर्दा ग्राहकहरुले एक बर्ष बीमा, भेहिकल टु लोड र २.३ किलोवाटको ट्राभल चार्जर प्राप्त गर्नेछन् ।

नेपाली बजारमा बिक्री शुरु गरेको छोटो समयमा नै बीवाईडीले लोकप्रियता हासिल गरेको छ । बीवाईडीको लोकप्रिय मोडल एट्टो ३ र डल्फिन ईभी ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ ।

  :