७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौंबाहिर सिप्रदीको टाटा केयर क्याम्प



काठमाडौं– टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौं उपत्यकाबाहिर असोज ९ गतेदेखि ११ गतेसम्म ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ ।

ग्राहकहरुलाई उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुसार यो क्याम्प आयोजना गरिएको सिप्रदीले जनाएको छ । क्याम्प धनगढी, सर्लाही, हेटौंडा, ढल्केबर, मेचीमा सञ्चालन हुनेछ । कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । ग्राहकहरुले ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निःशुल्क पाउने पनि कम्पनीले जनाएको छ ।

यसैगरी, ग्राहकहरुलाई पार्टपूर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइने छ भने टप वाशिंग सित्तैमा गरिने कम्पनीले जनाएको छ ।

  :