६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पारस बने दिपलको ब्राण्ड एम्बेस्डर




काठमाडौं–चिनियाँ अटोमोबाइल ब्राण्ड दिपलको लागि नेपालको ब्राण्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् ।

दिपल ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले काठमाडौंमा आयोजित एक समारोहका बीचमा खड्कालाई दिपल ईभीको ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।


पारसलाई दिपल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसडर बनाउन पाउँदा गर्व महसुस भएको बताउनुभयो । उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण दिपल ब्राण्ड निकै लोकप्रिय छ ।

नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट दिपल एस ०७ डेलिभरी गरिसकेको छ । कार्यक्रममा क्रिकेटर पारस खड्काले धेरै फिचरले भरिएको दिपल ईभीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

  :