६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

फ्युचर मोटर्सको सर्भिस क्याम्पबाट नेटा केवाईसी र किङलङ ईभीका ग्राहकहरु लाभान्वित



काठमाडौं । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स, चारदोबाटो भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गरेको छ ।

यस सर्भिस क्याम्पबाट थुप्रै ग्राहकहरु लाभान्वित बन्न पुगेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेटा, केवाईसी र किङलङ ब्राण्डका ईभीका ग्राहकहरु सर्भिस क्याम्पबाट लाभ उठाईरहेका छन् ।

बिहान ७ बजेदेखी बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिईरहेका छन्। उक्त सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेरपार्टस्मा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै, सीजी मोटर्सले नेपालभर सेवा र स्पेयरपार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ । सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाण्डौको हात्तीवनसहित १७ सेवाकेन्द्रहरू स्थापना गरेर सवारी साधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गराउँदै आएको छ।

  :