७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दशैंं र दिपावलीको अवसरमा बेनेलीको ‘चढौं बेनेली, बाँडौं खुशीयाली’




काठमाडौं– नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले बडा दशैं तथा शुभ दिपावलीको अवसरमा विशेष छूट योजना ल्याएको छ ।

कम्पनीले ‘चढौं बेनेली, बाँडौं खुशीयाली’ योजना सार्वजनिक गरेको हो । कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेका अनुसार यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।

सो अफरमा १२५ सीसीको बेनेली स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८०एस ३ लाख ३० हजार रुपैयाँमा किन्न सकिनेछ । थप रूपमा, ग्राहकहरूले १२ हजार मूल्य पर्ने बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन्। साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँका् मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ । यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले गर्दा ग्राहकहरुले नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

  :