६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गरिमा विकास बैंक, गठ्ठाघर शाखाद्वारा बिद्यार्थीहरुलाई वित्तीय सचेतना




काठमाडौं– गरिमा विकास बैंक, गठ्ठाघर शाखाले मध्यपुर–३ स्थित ग्लोबल पाठशालाको समन्वयमा पाठशालाका बिद्यार्थीहरुका लागि वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ग्लोबल पाठशालामा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ग्लोबल पाठशालाका ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बैंकको गठ्ठाघर शाखाका कर्मचारीहरु सीता डुम्रे, अप्सरा केसी र रेश्मा घिमिरेले गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुलाई बैंकका कर्मचारीहरुले वित्तीय सचेतनाका साथै विभिन्न प्रकारका वचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने विभिन्न सेवाहरु बिषयमा वित्तिय शिक्षा प्रदान गरेका थिए ।

  :