७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्यारो इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार छूट




काठमाडौं – नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले दशैंको अवसरमा ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट अफर घोषणा गरेको छ । कम्पनीले ल्याएको सो अफर अनुसार हाल ३ लाख ८० हजार मूल्य तोकिएको ग्यारो स्कुटर अब ३ लाख ६५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

ग्यारो स्कुटरमा उपलब्ध सो दशैं अफर अन्तर्गत थप सुविधाहरु समेत उपलब्ध हुनेछ । यसका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । यस अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ ग्यारो स्कुटर साट्न सक्ने छन् । यो अवस्थामा पुरानो सवारी साधनको आकर्षक मूल्यांकन गरिने छ । यसका साथै यो समयमा ग्यारो स्कुटर किन्ने ग्राहकले आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

ग्यारो स्कुटर किन्न चाहने ग्राहकका लागि कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने छ । शुरुमा स्कुटरको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई ६।९९ प्रतिशत ब्याजदरमा ३६ महिना सम्म मासिक किस्ताबन्दीमा बाँकी रकम भुक्तानी गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये ग्यारो स्कुटर सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो । यसले सिंगल चार्जमा ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । काठमाडौं उपत्यकामा महाराजगञ्ज र टेकु तथा उपत्यका वाहिर पोखरा, धरान, बाग्लुङ, धनगढी र बुटवलमा ग्यारो इलेक्ट्रिक स्कुटरका डिलर रहेका छन् ।

  :