७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्राहकलाई आकर्षित गाडी बिक्रेता कम्पनीहरुको विभिन्न योजना




काठमाडौं– आउँदो दशैं, तिहार, छठ लगायतका पर्वको अवसरमा सवारी साधन बिक्रेता कम्पनीहरुले विभिन्न अफरहरु घोषणा गरेका छन् । ग्राहकहरुलाई आफूतर्फ आकर्षित गर्न कम्पनीहरुले विभिन्न योजना ल्याएका हुन् ।


टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘टाटासँग दशैं धुमधाम, युरोप घुमघाम’ योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत टाटाको नेक्सन गाडी खरिद गर्दा एक जोडीले निःशुल्क युरोप घुम्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


यस्तै बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बडा चाड अपर ल्याएको छ । यस अफर अन्तर्गत बिवाइडी अट्टो थ्री र डल्फिन किन्दा एक बर्षसम्म बीमा सेवा, भेहिकल टु लोन, २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सिजी मोटर्सले नेटा भी गाडी खरिद गर्दा निःशुल्क इण्डोनेशियाको बाली घुम्ने अवसरसहित अफर सार्वजनिक गरेको छ । कम्पनीले स्योर सर्ट क्यास डिस्काउन्ट र एक्सचेञ्ज बोनस दिने पनि घोषणा गरेको छ । यस्तै आयोन ब्राण्ड गाडीको नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले नै आयोन वाई गाडीको खरिदमा फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अनुसार आयोन वाई गाडी ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै हुण्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वको अवसरमा फेस्टिभ डिलाइट अफर ल्याएको छ । यस अफरअन्तर्गत हुण्डाईको कुनै पनि गाडी किन्दा गोलाप्रथाको माध्यमबाट बम्पर उपहारमा हुण्डाईको भेन्यू कार जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै अफरमा १० लाख क्यास डिस्काउन्टसँगै एक लाख रुपैयाँ थप डिस्काउन्टको सुविधा छ भने एक बर्षको बीमा र कर कम्पनीले तिरिदिने अफर हुण्डाईले ल्याएको छ ।

यसैगरी जिकरका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ अफर घोषणा गरेको छ । अफर अन्तर्गत जिकर एक्स किन्ने ग्राहकले १० लाख रुपैयाँसम्म छुट पाउने छन् । यसका साथै एक्सचेञ्ज बोनस ५ लाख रुपैयाँ दिने पनि कम्पनीले जनाएको छ ।


यस्तै विलिङको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ल्याएको चाडपर्वमा अफरमा विलिङको बिङ्गो गाडी किन्दा छूट दिइनेछ । अफर अन्तर्गत बिङ्गो गाडी छूटसहित २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

  :