७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पोखरामा ‘नामी’ ईभीको बिक्री शुरु




काठमाडौं– डोङफेङ ईभीको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले पोखरामा नामी गाडी एक भव्य कार्यक्रमका बीच लञ्च गरेको छ ।

पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, सर्वोच्च अदालतका पूर्व न्यायधीश डा. आनन्दमोहन भट्टराई, स्वतन्त्र ऊर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तले संयुक्त रुपमा नामी गाडी लञ्च भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा एमएडब्लु वृद्धिका बिजनेस हेड पन्तले अन्य कुनै पनि गाडीमा नामीको जस्तो फिचर नभएको दावी गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की, पूर्व न्यायधीश डा. भट्टराईले विश्वसनीय ब्राण्ड नामी ईभी पोखरामा आएकोमा बधाई तथा शुभकामना दिए ।

नामी गाडीको आकर्षक डिजाइन, फिचर ग्राहकहरुले निकै रुचाएका छन् । नामीको ई– १, ई–२ र ई–३ मोडल उपलब्ध छ । ई–१ र ई–२ मा ३१.४ किलोवाट क्षमता र ई–३ मा ४२.३ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ । नामीका तीन वटै भेरियन्टमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ । नामी ई–१ को मूल्य २९ लाख ९९ हजार, ई–२ को ३१ लाख ९९ हजार र ई–३ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ ।

एमएडब्लु वृद्धिले सोमबार भने पोखराको सबैभन्दा ठूलो एक्सचेञ्ज एण्ड टेष्ट ड्राइभको क्याम्पको आयोजना गरेको छ । जुन क्याम्पका ग्राहकहरुले नामी, दिपल र सेरेस गाडी विशेष छूटका साथ पाउन सक्नेछन् ।

  :