६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पोखरामा जारी एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ बुधबारसम्म




काठमाडौं– दीपल, सेरेस र नामी ईलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले पोखरामा सोमबारदेखि आयोजना गरेको ‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ जारी छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–६ मा सुरू भएको उक्त क्याम्प असोज १६ गते बुधबारसम्म चल्नेछ ।

यस अवधिमा ग्राहकले दीपल, सेरस र नामीले नाडा अटो शोमा ल्याएको विशेष अफर उपयोग गर्न पाउने कम्पनीले जनाएको छ । विशेष अफर अन्तर्गत दीपल एस ०७ बजेटअघिको मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यस्तै, नयाँ ‘सेरेस ३’ को मूल्य ४५ लाख ४९ रुपैयाँ छ भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

त्यसैगरी, ग्राहकले हरेक टेष्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।

ग्राहकले दीपल, सेरेस र नामी ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा खरिद गर्न गक्नेछन् । यो क्याम्पमा सहभागी मध्ये भाग्यशाली विजेताले रुपाकोटको स्टे पुरस्कार पाउने कम्पनीले जनाएको छ । एक्सचेन्ज क्याम्पमा आएर टेष्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘म्युजिक’को पनि मज्जा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

  :