६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बाढीपीडित मेकानिक्सहरुलाई सिप्रदीको सहयोग




काठमाडौं– गत साता अविरल वर्षाका कारण देशमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरूको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सिप्रदीले विभिन्न स्थानका बाढीपीडितहरुलाई सहयोग गर्दै आईरहेको छ । यसैक्रममा कम्पनीले उपत्यकाको बाढीपीडित मेकानिक्सहरूलाई दैनिक उपभोग्य सामाग्रीहरू तथा खाद्यान्न सहगोग प्रदान गरेको छ ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू र सिप्रदी अटोपार्टस्का प्रतिनिधिहरूको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानी एक÷ एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरेको कम्पनीले जनाएको छ ।

सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरू राहत स्वरुप वितरण गर्दै आइरहेको पनि कम्पनीले जनाएको छ ।

  :