६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

एक्साइड ब्याट्रीको मेघा फेस्टिभ अफर




काठमाडौं– एक्साइड इण्डस्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बडा दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै एक्साइड मेघा फेस्टिभ अफर ल्याएको छ । अफर अन्तर्गत कम्पनीले जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३०५ देखि ५०५ रुपैयाँसम्मको आकर्षक छूट प्राप्त गर्न सकिने जनाएको छ ।


यस्तै १२० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ । लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफुले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।
नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

  :