७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालमा नै हुन्डाई ‘भेन्यु ई’ को उत्पादन शुरु, २५० गाडी बिक्री




काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्युको नयाँ भेरियन्ट ‘भेन्यु ई’को उत्पादन शुरु गरेको छ ।

कम्पनी यो गाडीको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य सीमित अवधिका लागि भएको कम्पनीले जनाएको छ । यो मूल्य आयात गरिएको गाडीभन्दा २ लाख ५० हजार रुपैयाँ कम हो । कम्पनीले गत जेठको पहिलो साताबाट एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको थियो । नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन शुरु गरेसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ कम्याम्पेन पनि कम्पनीले शुरु गरेको थियो ।

हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरुमार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरिएन्ट मध्ये भेन्यु (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

  :