६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

विलिङ बिंगो ईभीमा एक्सचेञ्ज अफर




काठमाडौं– पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभीमा स्पेशल लिमिटेड टाइम एक्सचेञ्ज अफरको घोषणा गरेको छ । सो अफर कम्पनीको नक्सालस्थित शोरुममा चलिरहेको छ । अफर आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ ।


आधुनिक इलेक्ट्रिक कारमा पाइने आकर्षक फिचर र पर्फमेन्स पाइने वुलिङ बिंगो ईभी २९ लाख ९९ हजार मूल्यमै उपलब्ध हुनेछ ।
व्यक्तिगत र पारिवारिक दुवै प्रयोजनका लागि उपलब्ध वुलिङ बिंगो ईभी ग्राहकले चाहेकै दिनमा डेलिभरी समेत गरिने कम्पनीको भनाइ छ ।

सो गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर तथा मोटर तथा हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।

आफ्नो पुरानो कुनै पनि ब्रान्डको जुनसुकै गाडीसँग वुलिङ बिंगो ईभी साट्न सकिने कम्पनीको भनाइ छ । यसरी एक्सचेन्ज गर्ने ग्राहक मध्ये लक्की ड्रबाट एक जोडीले फाइभ स्टार होटलमा डिनर खाने अवसर समेत पाउने कम्पनीले जनाएको छ ।

  :