६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

बाढी प्रभावितका लागि साइमेक्स इंकको ५१ लाख ५ हजार सहयोग



काठमाडौं–चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी ईभीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी पहिरो प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विपद्मा परेकाहरुको राहतका लागि सरकारलाई सजिलो होस् भनेर सहयोग गरेको बताउनुभयो ।

बाढी पहिरोले समस्यामा परेका नागरिकलाई हाम्रो सहयोगले गाँसबासको लागि केही राहत हुने विश्वास छ, उहाँले भन्नुभयो–प्राकृतिक विपत्तिमा परेका बेला सरकार एक्लैले संकट पार लगाउन सक्दैन, त्यसैले हामीले आफ्नो दायित्व निभाएका हौं ।

  :