६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

होण्डा चाडपर्व अफरमा चार जना ग्राहकले जिते एक/एक लाख




काठमाडौं– होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत चार जना ग्राहकले जनही एक÷एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेताहरुमा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन् ।

दसैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने पनि कम्पनीले जनाएको छ ।

  :