७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अब स्मार्टफोनबाटै लाइसेन्स चेकजाँच, प्रहरीलाई स्मार्टफोन हस्तान्तरण




काठमाडौँ– सरकारले डिजिटल सवारीचालक अनुमति पत्रलाई औपचारिक रुपमा मान्यता दिंदै नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीचमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम शुरु भइसकेको बताए ।


अब नागरिक एपकै लाइसेन्स देखाउन सकिनेछ । ट्राफिकले सोही चेक गरी जरिवाना भए अनलाइनबाट तिर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।

एकपटक कारबाहीमा परेको जरिवाना तिरेपछि मात्र दोस्रोपटक नियम उल्लंघन गर्दा नागरिक एपको क्यूआर देखिने छ । फोनमा रहने एपले अनलाइन र अफलाइन दुवै अवस्थामा काम गर्छ ।

  :