७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ट्राफिक प्रहरीद्वारा चोरी भएका मोटरसाइकल र स्कूटर फेला पारेर सवारी धनीलाई हस्तान्तरण




काठमाडौं– काठमाडौं उपत्यकाबाट विभिन्न समयमा चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ ।

साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  :