६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

असोज २२ गतेदेखि २५ सम्म राजमार्गहरूका प्रमुख स्थानमा हुन्डाईको निःशुल्क सवारी जाँच सेवा




काठमाडौं–दशै, तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाईका ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न असोज २२ गतेदेखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले ‘हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा दिने भएको छ ।

यस चाडपर्वमा ग्राहकहरूलाई सवारी साधनको चिन्ताबाट मुक्त गराउने उद्देश्यका साथ कम्पनीले यो अभियान सञ्चालन गर्न लागेको हो । यस अन्तर्गत मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ।

आफ्ना दक्ष प्राविधिकहरू सहित ९ प्रमुख स्थानहरू हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डिसी चार्जरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

  :