७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दशैंको बिदामा ओमोडा/जेकोको २४ सै घण्टा हाइवे एसिस्टेन्स सर्भिस




काठमाडौं– ओमोडा/जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले दशैंमा हुने यात्रालाई मध्यनजर गर्दै ‘२४ सै घण्टा हाइवे एसिस्टेन्स’ सेवा दिने भएको छ ।

असोज २१ गतेदेखि ३० गतेसम्म सार्वजनिक बिदाको समयमा आफ्ना उपत्यकाबाहिरका सबै नेटवर्कमा रहेका सर्भिस सेन्टरमा उक्त सेवा दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपत्यकाबाहिरका सबै नेटवर्कमा रहेका सर्भिस सेन्टर २४ सै घण्टा खुला रहनेछ ।


साथै, बीच बाटोमा कसैलाई कुनै किसिमको समस्या पर्दा आफ्नो स्थानबाट नजिकको सर्भिस सेन्टरमा कल गरेर सर्भिस लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सुर्खेत, दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, इटहरी, विर्तामोड, विराटनगर, भक्तपुर र काठमाडौंमा रहेका सर्भिस सेन्टर मार्फत सेवा लिन सक्ने जनाएको छ ।

ओमोडा ई(५ र जेको जे(६ दुबै नेपाली बजारमा सफलताको बाटोमा हिडिरहेका मोडल हुन् । यी दुबै गाडी चढ्नेले आवश्यक पर्दा कम्पनीको हाइवे एसिस्टेन्स सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

  :