६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

हिरोको एक्सपल्स प्रो सार्वजनिक




काठमाडौं– शहर तथा अफरोड दुवै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल हिरोको एक्सपल्स प्रो सार्वजनिक गरिएको छ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपल्स प्रो सार्वजनिक गरेको हो ।

यो बाइक ग्राहकहरुको पहिलो रोजाई बन्दै गईरहेको पनि सीजी मोटर्सले जनाएको छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स ९एक्सपल्स ओनर एक्सपेरियन्स० राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।


एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरू उपलब्ध छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथै अफरोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध छ ।

  :