६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

वर्ल्ड बुक्स अफ रेकर्डस लन्डनबाट डा. घिमिरे सम्मानित



काठमाडौं– वर्ल्ड बुक्स अफ रेकर्डस् लन्डनले डा. सुवास घिमिरेलाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ। वरिष्ठ समाजसेवी तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै डा. घिमिरे लाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त अवार्ड डा. घिमिरे प्रदान गर्नुभएको छ । वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो। कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा–सुविधा दिइरहेका व्यक्ति तथा संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ। वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमानिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो।

नेपालका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष वर्ल्ड बुक्स अफ रेकर्डस’ लन्डन द्वारा सम्मानित गर्दै आएको छ ।

  :