माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

दशैंभरि टाटाका ईभीको फास्ट चार्जिङ सेवा निःशुल्क




काठमाडौं– नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आफ्ना फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङ सेवा प्रदान गर्नेभएको छ ।

साथै टाटा मोटर्सले आफ्ना देशभरका सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ। कम्पनीले संचालन गरिरहेको भैरहवा, कटुन्जे भक्तपुर, विर्तामोड, चितवान, चुम्लिङटार, भालुवाङ, ढल्केबगर, राजापुर, धनगढी, धार्के, दुधौली, हेटौडा, इटहरी, काठमाडौंको बालकुमारी र कपनमा रहेको चार्जर टाटाका कारधनीले निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी, काठमाडौंकै गोंगबु, सिन्धुपाल्चोकको खाडीचौर, लाहान, ललितपुरको बागडोल, मलेखु, मुलकोट, नेपालगंज, पोखरा र सिमरामा रहेको फास्ट चार्जरबाट पनि निःशुल्क चार्ज गर्न सक्नेछन् ।
कम्पनीले गाडीमा कुनै समस्या आएको खण्डमा सर्भिस टीम देशभर तयारी अवस्थामा राखेको जनाएको छ । रोडसाइड सेवाका

लागि हटलाइन टोल फ्री नं। १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

  :