७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

देशभर ४३ स्थानमा बीवाईडीका फास्ट चार्जर




काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले देशका ३७ स्थानमा डीसी फास्ट चार्जर र ६ स्थानमा एसी फास्ट चार्जर गरि देशभर ४३ स्थानमा चार्जिङ सुविधा रहेको जानकारी दिएको छ । डीसी फास्ट चार्जर ३० किलोवाट र एसी फास्ट चार्जर ४० किलोवाट क्षमताका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज, लमही, घोराही, अमिलिया, प्युठान, भैरहवा, बुटवल, कोहलपुर र तुलसीपुर गरी विभिन्न १३ स्थानमा डीसी फास्ट चार्जर छन् । त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत पोखरा र डुम्रे गरी तीन स्थानमा तथा बागमती प्रदेश अन्तर्गत गुहेश्वरी, अनामनगर, नक्साल, ललितपुर, सल्लाघारी, सोल्टीमोड, कुरिनटार र चितवन गरी ११ स्थानमा डीसी फास्ट चार्जर रहेका छन् ।

कोशी प्रदेश अन्तर्गत इटहरी, विर्तामोड, विराटनगर र दमक गरी सात स्थानमा यस्ता चार्जर रहेका छन् भने मधेश प्रदेश अन्तर्गत वीरगन्ज, जनकपुर र बर्दिबास गरी तीन स्थानमा यस्ता चार्जर छन् ।

४० किलोवाटको एसी फास्ट चार्जर चाहिं नेपालगन्जको नमस्ते भिलेज रिसोर्ट, तुलसीपुरको होटल वेस्टर्न प्यालेस, धनगढीको होटल रुवस, काठमाडौं मित्रपार्कको होटल ग्रान्ड भ्यु, बीवाईडी विराटनगर सर्भिस सेन्टर र चितवनको अस्टभुजा आयल डिस्ट्रिब्युटरमा रहेका छन् ।

साइमेक्स इंकले देशभर रहेका फास्ट चार्जरमार्फत आफ्नो गाडी चार्ज गर्न र विशेष अवस्थामा कुनै रोड साइड असिस्टेन्स वा इमर्जेन्सी सर्भिस चाहिएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

यसका लागि देशभरमा रहेका विभिन्न सर्भिस नेटवर्क र अन्य जानकारी समेत उपलब्ध गराएको छ । पछिल्लो समयमा कम्पनीले निके आक्रामक तवरले चार्जर विस्तार गरिरहेको छ । दसैंको समयमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको सहजताका लागि यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

  :